बाबुलको शब्द संगित र समीक्षा अधिकारीको स्वरमा आयो ‘बुलाकी’को नयाँ गीत

फिल्मी फण्डा। साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । नारी वेदना बोल्ने गीतलाई निर्माण युनिटले प्रमोसन गीतको रूपमा सार्वजनिक गरेको हो ।

गीतमा स्वर पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारीको छ भने शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी ९बाबुल० ले नै गरेका छन् । गीतमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय बिराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टले निर्माण गरेको फिल्म ‘बुलाकी’ नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त गरेको फिल्म हो ।

लक्ष्मण सुनार निर्देशित स्व। मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।

फिल्ममा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईलगायत पनि अभिनयमा छन् । 

फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech