फिल्मी फण्डा । नेपाली नारी हरुको महान् चाड तीज नजिकिदैं गर्दा तीज लक्षित म्युजिक भिडियोहरु बजारमा सार्वजनिक भैरहेका छन् । अहिले तीजका म्युजिक भिडियोहरूको बाढिनै आएको छ भन्दा फरक पर्दैन । यो बाढीमा कतिपय भिडियोहरु आएको गएको समेत धेरैलाई पत्तो छैन । तर यसै बिच केहि दिन अघि सार्वजनिक भएको म्युजिक भिडियो साडी गुलाबी भने निरन्तर दर्शकको साथ पाइरहेको छ ।
लोकप्रिय गायिका जमुना सनमको स्वर रहेको उक्त गीतमा पछिल्लो समयकी चर्चित गायिका सान्ती श्री परियारले जमुनालाई गायनमा साथ दिएकी छिन् । उक्त गीतमा राजु सुनामको संगीत रहेको छ, गीतको लेखन तथा ए पनि राजु स्वयंले गरेका हुन् ।
गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त तथा चर्चित मोडल अञ्जली अधिकारी, गिता ढुङ्गाना, मौसम हिमाली र अभिषेक खड्काले अभिनय गरेका छन् । मौसम हिमाली आफैले निर्देशन गरेको कलर फुल भिडियोलाई नवराज उप्रेतीले क्यामेरामा कैद गरेका हुन् ।
१० बर्ष अघिको सुपर हिट गीत “मेरो त बुढाले रक्सि खाँदैनन्”को तेस्रो भागको रुपमा सार्वजनिक उक्त भिडियो जमुना सनम युट्युब च्यानलबाट सार्वजनिक भएको छ । भिडियोलाई १ लाख ७२ हजार पटक हेरिएको छ ।
https://youtu.be/I6_Z75SULvI?si=KVN4UAabFGJGmVUD