फिल्मी फण्डा । अभिनेत्री वर्षा राउतले रङ्गमञ्चमा डेब्यू गर्ने भएकी छिन् । उनले विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’ मार्फत रङ्गमञ्चमा डेब्यू गर्ने भएकी हुन् । नाटकलाई विमल सुवेदी र जोयश पाण्डे मिलेर लेखेका हुन् । जोयश चलचित्र ‘साँघुरो’का निर्देशक हुन् ।
वर्षासँगै उनै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने नाटक ‘हिटलर आउँदैछ’ को मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त व्यक्तिहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो ।
दर्जनौँ चलचित्रमा अभिनय गरेकी वर्षा यही नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छिन् ।
अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा रहेको छ ।