समाजसेवी, लेखक तथा मोडल कमला बोहराको 'मेरा आमा बाबा'  सार्वजनिक(भिडियो) 

फिल्मी फण्डा । समाजसेवी, लेखक तथा मोडल कमला बोहरा खत्रीको  नंया गीत सार्वजनिक भएको छ । 'मेरो आमा बाबा'बोलको गीत कमला बोहरा युटुब च्यानलबाट सार्वजनिक भएको हो  । 

गीतमा एलिना चौहानले स्वर छ । सुजन बाबू गुरुङको संगीत रहेको गीतका शब्द कमला स्वयमले लेखेकी हुन् । संगीत सम्योजन भने जीवन बाबू गुरुङको रहेको छ । 

गीतको भिडियो र कथा विक्रम चौहानले तयार पारेका हुन् । कमला संगै रवि गिरी फिचर्ड भिडियोमा बाल कलाकार किन्जल श्रेष्ठ र सविता घलेको अभिनय रहेको छ । प्रकाश खड्काको समुहले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech