गायक कृष्ण बिकको  ‘निरमाया’मा प्रियंका,सलिना र आशीर्वाद

फिल्मी फण्डा । गायक कृष्ण बिकको नयाँ गीत ‘निरमाया’ सार्वजनिक भएको छ । गीतमा बिकको साथमा गायिका स्मिता दाहालको स्वर रहेको छ । गीतमा शब्द तथा सङ्गीत भीम बिसीको छ ।

यो गीतमा प्रियंका कार्की, आशीर्वाद क्षेत्री र सलिना खत्रीको अभिनय छ । ‘नाइँ नभन्नु ल ६’ अभिनेताको रूपमा भित्रिएका क्षेत्रीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन् । 

‘निरमाया’को भिडियोलाई जीवी आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कबिराज गहतराज हुन् । सञ्जय लामाले छायांकन रहेको भिडियोमा मिलन श्रेष्ठको सम्पादन छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech