सुनिल गिरीको ‘कालीगड’मा रोमान्टिक बेनिशा

फिल्मी फण्डा । गायक सुनिल गिरीको नयाँ गीत ‘कालीगड’ सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गिरीसँगै  मेलिना राईको स्वर रहेको छ । गीत ‘सुनिल गिरी’को युट्युब च्यानलमा रिलिज गरिएको छ ।

भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसी फिचर्ड छन् । लुम्बिनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई आकर्षक बनाइएको छ । आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन् ।

भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech