बिराजको छोराको डेब्यु फिल्ममा ऋचा शर्मा शिर्ष भुमिकामा

फिल्मी फण्डा । ‘बलिदान’को शीर्ष भूमिकामा ऋचा शर्माले अभिनय गर्ने भएकी छन् । निर्माता कम्पनी आशुसेन फिल्म्ससँग उनले लिखित सम्झौता गरेको प्रेषित विवरणमा उल्लेख छ ।

यद्यपि, शर्माले निर्वाह गर्ने चरित्रबारे खुलाइएको छैन । २०८१ सालमा रिलिज हुने बताइएको यो फिल्मलाई ‘प्रेमगीत’ फेम्ड निर्माता तथा निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् ।

‘बलिदान’बाट शीर्ष अभिनेतामा विराज भट्टका छोरा समीरले डेब्यु गर्दैछन् । भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएको जनाइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech