माग्ने बुढाका छोरा आशिषले टेलिशृंखला ‘रिटायर हल्दार’ ल्याउँदै

फिल्मी फण्डा । टेलिशृंखला ‘रिटायर हल्दार’को दोस्रो सिजन वैशाखदेखि प्रसारण हुने भएको छ । सिरियलका निर्देशक आशिष  घिमिरे लोकप्रिय हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा हुन् ।

नेपाल टेलिभिजन, मी टिभीमा प्रसारण र माउन्ट एभरेस्ट डिजिटल युट्युबमा स्ट्रिमिङ हुने यो सोसल-कमेडी शृंखलामा श्रीप्रसाद थापा, निर्मल शर्मा, प्रिया रिजाल, रश्मी भट्ट, भूमिका गिरी, केशव सापकोटालगायतका कलाकारको अभिनय रहनेछ ।

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech