गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा  नयाँ गीत जीत मान्दीन सार्वजनिक

फिल्मी फण्डा । गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा  नयाँ गीत जीत मान्दीन सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको  शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको छ । मोडलद्धय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ ।

 मनाङ्गको रमणीय स्थानमा छायांकन गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । राकेश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् ।  डिसी अधिकारी प्रस्तुतमा निर्माण भएको  भिडियो बिहिवार  प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech