यस्तो देखिए मेयरको भूमिकामा अभिनेता खगेन्द्र लामिछाने

फिल्मी फण्डा ।  निर्देशक दीपेन्द्र के खनालले लैनचौरस्थित मल्ल होटलबाट फिल्म ‘मेयर’को छायांकन थालेका छन् । 

मेयरको भूमिकामा देखिन लागेका अभिनेता खगेन्द्र लामिछाने र अभिनेता टीका पहारीले पहिलो दिन सुटिङ सेट ज्वाइन गरे भने अर्पण थापा केही दिनपछि छायांकनमा जोडिने तयारीमा छन् । 

३५ दिनको तालिकासहित फ्लोरमा निस्किएको फिल्मको अरु छायांकन सर्लाहीमा गर्ने तयारी छ । 

अभिनेता लामिछानेले यो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्दैछन् । थापाकै हुलिया र हाउभाउमा खगेन्द्र प्रस्तुत छन् । खगेन्द्रले किशोर उमेरका मेयर थापा र वर्तमानका मेयर थापाका दुई भिन्न कालखण्डको चरित्र निर्वाह गर्नेछन् । 

दुई चरणमा चरित्र निर्वाह गर्नुपर्ने भएकाले निर्माताले विदेशबाट मेकअप सामग्री ल्याएका छन् । 

मेयर थापाको कुरा गर्दा उनी गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट सर्लाहीको बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech