फिल्मी फण्डा । फिल्म ‘काँडेतार’ मुनाफाको २५ प्रतिशत रकम सीमा क्षेत्रमा ज्यान गुमाउने सहिदको परिवार र घाइतेको उपचारमा सहयोग गर्ने भएको छ । फिल्म फागुन २५ गतेबाट रिलिज हुने तयारीमा रहेको छ ।
फिल्मले नेपाल भारतको सीमा क्षेत्रको समस्या कथा बनाएको छ । नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर लगायतको अभिनय रहेको छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा माकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्का निर्माता रहेका छन ।
शिवम् अधिकारी र नवल खड्काको पटकथा रहेको फिल्ममा बन्दे प्रसाद र तारा थापाको सम्पादन, सौरभ लामाको छायांकन, मणी थापा, दीपक शर्माको संगीत, श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।