दयाहाङ राई र सौगात मल्लको फिल्म ‘हात्तीछाप’ ले कस्तो गर्ला व्यापार ?

फिल्मी फण्डा ।  भोली शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म  ‘हात्तीछाप’ले कस्तो व्यापार गर्ला भन्ने सबैमा कौतुहलता पैदा गरेको छ । फिल्मको बुधवारबाट अग्रिम टिकट बुकिङ समेत खुलिसकेको छ ।

फिल्मलाई देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज दिइएको छ । सिंगल हलहरूको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा दयाहाङ, सौगात र उपासनाको अलवा बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वृद्धि तामाङ, सुष्मा  निरौला, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ । फिल्मलाई बिग मुभिजले ६ शोज दिएको छ । बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शोज दिएका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech