कृषाको निर्देशन रहने फिल्म ‘पिताम्बर’मा प्रदीपको चर्चा 

फिल्मी फण्डा । फिल्म निर्देशक कृषा चौलागाईंले नयाँ फिल्म ‘पिताम्बर’ निर्देशन गर्ने भएकी छिन । 

अहिले फिल्मको टिम लोकेशन हेर्नका लागि काठमाडौं बाहिर छ । यो फिल्मको कथावस्तु र कलाकारको बारेमा केही पनि नबताइए पनि प्रमोद अग्रहरी र कामेश्वर चौरासिया फाइनल भइसकेका छन् भने प्रदीपको चर्चा भने चुलिँदो छ । 

यो फिल्मको छायांकन माघबाट नै सुरु हुने बताइएको छ  । फिल्ममा प्रदीप भारद्वाजको लेखन, पुरुषोत्तम प्रधानको छायांकन रहने छ ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech