रामबाबु गुरुङको निर्देशन र दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म  ‘डिग्री माइला'को सकियो छायाङ्कन

फिल्मी फण्डा । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला'को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

गत असोज १ गतेदेखि ओखलढुङ्गाको रुम्जाटारबाट फिल्मले पहिलो चरणको छायाङ्कन सुरु  गरेको थियो । दोस्रो चरणको छायाङ्कन भने काठमाडौँबाट सुरु गर्दै ओखलढुङ्गाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

फिल्ममा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech