‘आम नागरिक’ मार्फत फिल्म निर्देशनमा डेब्यु गर्दै विनयराज

फिल्मी फण्डा । विनयराज पौडेलले निर्देशनमा फिल्म ‘आम नागरिक’ मार्फत डेब्यु गर्ने भएका छन । केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बन्ने फिल्म पुस्कर राउतको प्रस्तुतिमा निर्माण हुने लागेको हो । 

निर्माण पक्षले फिल्मको आधिकारिक एक पोस्टर समेत सार्वजनिक गरेको छ ।  स्वस्थानी व्रत सुरुवात दिनको अवसर पारेर बिहीबार फिल्म निर्माण घोषणा भएको हो ।  फिल्मका लागि धमाधम कलाकार छनौट भइरहेको छ । 

उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी वैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वयम् निर्देशक पौडेलकै रहनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech