फिल्मी फण्डा । गायक यशकुमारको नयाँ गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । गीतमा यशकुमारकै शब्द, संगीत र स्वर रहेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती लगायतको उपस्थितीमा गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा मन्त्री किरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने बताए ।
भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारको अभिनय छ । गीतको भिडियोमा ब्राहामण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको पे्रम बुनिएको छ । गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह गरेका छन् ।
तर भिडियोमा केटा र केटीका बाबुले जात र धर्मलक्षित आपत्तिजनक शब्दहरु बोलेको समेटिएको छ । केटीका बुवाले केटीलाई ‘तँ सुँगुरको मासु खानेकी छोरीलाई घरमा भित्र्र्याएर मेरो संस्कारलाई जुठो बनाउँछु ’ भनेका छन् भने केटाका बुवाले ‘तँ पशुको मुत खाने चोखो, म मासु खाने जुठो’ भन्ने जस्ता शब्द राखिएका छन् । यसले गर्दा आलोचनासमेत भईरहेको छ ।भिडियो विज्ञान राईले निर्देशन गरेका हुन् ।