१३ वर्षपछि फिल्म सेटमा फर्किएकी कुनै समयकी चल्ती नायिका बिपना थापाको आँखामा आँशु 

फिल्मी फण्डा । अभिनेत्री बिपना थापा नेपाली फिल्म अभिनयमा फर्किएकी छिन् । उनी फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत १३ वर्षपछि अभिनयमा फर्किएकी हुन् । उक्त फिल्मको हाल चितवनमा छायाङ्कन भइरहेको छ । 

१३ वर्षपछि फिल्म अभिनयमा फर्किदा आफू भावुक बनेको उनले बताइन् । मेकअप गर्दै गरेको अवस्थामा बाहिरिएको एक तस्बिरमा उनको आँखामा आँसु झल्किएको देखिन्छ । 

चन्द्र पन्तको निर्देशन रहेको फिल्म अभिनेत्री नीता ढुंगानाले निर्माण गरेकी हुन् । लामो समयपछि फिल्म अभिनयमा जोडिदा डेब्यु फिल्म झै अनुभूति भएको उनले मिडिया प्रतिक्रिया दिएकी छिन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech