फिल्मी फण्डा। नीता ढुंगाना फिल्म्सको ब्यानरमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा एकपछि अर्को गर्दै चर्चित कलाकारहरु जोडिरहेका छन । नाम चलेका नेपाली र भारतीय कलाकारहरु यो फिल्ममा देखिने पक्कापक्की भएको छ । यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्दै छन ।
यो फिल्ममा पछिल्लो समय नेपालका चर्चित अनुहारहरु संचिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ पनि जोडिएका छन् ।
फिल्ममा यसअघि नै ब्रह्मानन्द, ‘गजनी’ अभिनेता प्रदीप रावतदेखि नेपाली कलाकारहरु सरोज खनाल, बिपना थापाजस्ता चलेका नामहरु जोडिएका छन् ।
बलिउड अभिनेता रावत पनि केही दिनमा नेपाल आउँदैछन् । फिल्मको दोस्रो चरणको छायांकन एक महिनासम्म नवलपरासी, चितवन र सौराहामा चल्ने जनाइएको छ ।तेस्रो चरणको छायांकन फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा गर्ने योजना छ ।