फिल्मी फण्डा । धरानका मेयर हर्क साम्पाङले चलाएको सुम्निमा–पारुहाङको प्रतिमा स्थापना गर्न अभियानमा कलाकारहरुले सहयोग गर्ने भएका छन् । अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोग गर्ने भएका हुन्।
उनीहरुले उक्त अभियानमा जनही १–१ लाख रुपैयाँ दिने भएका छन । सुम्निमा–पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने कलाकारहरुको विश्वास छ ।