दिलिप रायमाझीकी छोरी दिव्या 'बरिष्ठ बलराम'को सुटिङको लागि नेपाल आउँदै,खगेन्द्रको जोडी बन्ने

फिल्मी फण्डा । रोहित अधिकारीको निर्माणमा  बन्न लागेको फिल्म ‘वरिष्ठ बलराम’को छायांकन चैत्रबाट सुरु हुने भएको छ । फिल्मका निर्माता रोहित अधिकारीले फिल्मी फण्डासँग कुरा गर्दै चैत्रबाट छायांकन सुरु हुने बताएका छन । फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहने छ । 

 निमार्ता रोहित अधिकारीको अनुसार फिल्ममा खगेन्द्र लामिछानेको जोडीको रुपमा दिव्या रायमाझीले काम गर्दैछिन् । दिव्या यो फिल्मका लागि नेपालमा आउँदैछिन् । 

दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले यही फिल्मबाट डेब्यू गर्न लागेकी छिन् । फिल्ममा नायक दयाहाङ राइ र माओत्से गुरुङ को पनि  मुख्य भूमिका रहेको छ भने  अन्य कलाकार छनोट गर्ने काम भईरहेको निर्माता अधिकारीले फिल्मी फण्डासँग भने । 

 फिल्मलाई आउँदो बर्षको तीजमा रिलिज गर्ने बताइएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech