नेपालको इतिहासमा कलाकर्मीबाट पहिलो मन्त्री बने रोज राणा

फिल्मी फण्डा । नेपाली फिल्मका निर्माता, निर्देशक, नायक  तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । नेपाली कांग्रेसको तर्फबाट उनले उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका हुन् । आइतबार उनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ समेत लिएका छन् । 

पहिलोपटक मन्त्री बनेका निर्माता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । राणा कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् । 
राणा नेपाल चलचित्र निर्माता सङ्घको पूर्व महासचिव समेत हुन् । करिब दुई दशकदेखि फिल्म क्षेत्रमा आबद्ध उनले  ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ लगायतका फिल्म निर्माण गरेका छन् । केही फिल्ममा आफैले समेत अभिनय गरेका उनले ‘मेरो पैसा खोइ ?’ र ‘जय परशुराम’ नामक फिल्म निर्देशन समेत गरेका छन् । 

कोरोनाको लकडाउन अगाडि उनले फिल्म ‘खलनायक २’ निर्माण घोषणा गरेका थिए । तर फिल्म बनेको छैन । नेपालको इतिहासमा कलाकर्मीबाट पहिलो मन्त्री  रोज राणा बनेका हुन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech