अमेरिकाबाट इन्द्रेणी कृष्ण कँडेल र निशा सुनारको दोहोरी साँझ , रच्यो नयाँ इतिहास 

फिल्मी फण्डा । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनासस शहरमा सम्पन्न इन्द्रेणी दोहोरी साँझले इतिहास रचेको छ । भर्जिनियामा पहिलो पटक लोक दोहोरी साँझ आयोजना गरिएको हो ।


रूशा इन्टरप्राइजेजको प्रस्तुतिमा  उक्त लोक दोहोरी साँझ कार्यक्रम आयोजना गरिएको हो  । छोटो समयको आह्वानमा आयोजित कार्यक्रममा दर्शकहरु उभिएर र भुईमा बसेर समेत इन्द्रेणीका संस्थापक तथा संचालक प्रसिद्ध लोक गायक स्वयम कृष्ण कंडेल र चर्चित लोक गायिका निशा सुनार बीचको दोहोरी हेरेका थिए ।


कार्यक्रमको प्रारम्भ बिशेष भिन्न प्रकारबाट प्रस्तुति र कलाकारहरुको प्रवेश पनि पृथक रुपमा गराईएको थियो । दोहोरी साँझको लागि बाल्टिमोरबाट बिशेष सांगीतिक टोलीहरुले कृष्ण कँडेल तथा निशा सुनारलाई साथ दिएका थिए ।

सोही क्षेत्रमै बसोबास गर्ने चर्चित कार्यक्रम प्रस्तोता सरोज केसी तथा रूशा केसीले उखान टुक्का सहितको अत्यन्तै बेजोडको कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रम मनासस शहरकै व्यवसायी तथा पत्रकार निदेश अधिकारी,घर खरिद तथा बिक्री अभिकर्ता (रियलटर) गणेश पाण्डे र मिलन गोर्खालीको संयोजनमा कार्यक्रम भएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech