आफू बुबा, श्रीमती सञ्चितालाई आमाको भूमिका र छोराछोरीको पनि अभिनय रहने गरि फिल्म बनाउँदै निखिल

फिल्मी फण्डा। अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । उनले फिल्मी फण्डासँग कुरा गर्दै फिल्मको तयारी गरिरहेको भएपनि यसको सम्पुर्ण जानकारी भने पछि मात्रै बाहिर ल्याउने बताए । उनले  सामाजिक पारिवारिक विषयमा  फिल्म निर्माण तयारी गरिरहेका छन । 

छिट्टै छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी गरिरहेको निखिलले फिल्मका लागि तीन गीत रेकर्ड गरिसकेका छन तर उनले फिल्मी फण्डासँगको कुराकानीमा गित भने अहिले नखुलाउने बताए ।  निखिल बुबा र सञ्चिता आमाको भूमिकामा हुनेछिन् भने छोराछोरीको पनि फिल्ममा अभिनय रहने छ । 

केही अगाडिबाट ‘समबोधी अभियान’को समेत थालनी गरेका उनले पछिल्लो समय ‘भैरव’ बनाएका थिए । भैरवपछि ‘पिँजडा ब्याक अगेन’ अभिनय गरेका उनले केही अगाडि ‘भैरव’को सिक्वेल निर्माण गर्ने बताएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech