रणवीरले आलियालाई जन्मदिनमा खुशी बनाउनका लागि सिकेका थिए केक बनाउन

फिल्मी फण्डा। रणवीर कपूर र आलिया भट्ट बारे हालै एक जना शेफले नयाँ खुलासा गरेका छन । ती शेफका अनुसार आलियाको जन्मदिनमा रणवीरले केक बनाउन सिकेका थिए । त्यस्तै आलियाले पनि  रणबीरको लागि केक बनाएकी थिइन् । 

अहिले   सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक जना शेफले आलिया र रणवीरबारे केही कुरा भनिरहेका छन् । रणवीर र आलियाले एक अर्कालाई डेट गरिरहेको बेलामा आलियाको जन्मदिनमा रणवीरले केक बनाउन सिकेका थिए । 

अभिनेताले आलियालाई मन पर्ने ट्रेस लीचेज केक बनाएका थिए । आफूले रणवीरको लागि आलियालाई चाँहि पाइनएप्पल केक बनाउन सिकाएको उनको भनाई छ । शेफका अनुसार यी दुवैले प्रायः एक अर्काको जन्मदिनमा केक बनाउने गरेका थिए । आलियाले केक बनाइरहेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

आलिया र रणवीर पहिलो भेट ब्रम्हास्त्रको सेटमा भएको थियो । करिब ५ वर्षसम्म एक अर्कालाई डेट गरेर यिनीहरुले सन् २०२२ को अप्रिल १४ मा बिहे गरेका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech