जापानका लागि नेपाली राजदूतको ‘फूल छ कि काँडा’ बोलको नयाँ गित सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको  नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् ।  

साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत  सुवेदीको शब्द सिर्जना रहेको छ भने  वरिष्ठ सङ्गीतकार शिखर सन्तोषले सङ्गीत दिएका हुन् ।

सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौँ साहित्यिक सृजनाहरू यसअघि पनि सार्वजनिक भइसकेका  छन् । 

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech