निर्देशक दिपेन्द्र के खनालको फिल्म ‘मेयर’ मा अभिनेता खगेन्द्र लामिछाने 'मेयर' बन्ने

फिल्मी फण्डा ।   निर्देशक दिपेन्द्र के खनालको फिल्म ‘मेयर’ मा अभिनेता खगेन्द्र लामिछाने मेयर बन्ने भएका छन् । ।

‘मेयर’ दिपेन्द्रले केही अगाडि निर्माण घोषणा गरेको फिल्म हो । सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि फिल्म बन्न लागेको हो । फिल्मका लागि अहिले खगेन्द्र फाइनल भएको र अन्य कलाकार छनौटको क्रममा रहेका छन ।

फिल्मको छायांकन माघको पहिलो साताबाट हुनेछ । सर्लाहीमै छायांकन हुने फिल्ममा यसअघि कलाकारको रुपमा प्रकाश घिमिरे फाइनल भएका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech