फिल्मी फण्डा । थ्री इडिएट्स, पीके र सञ्जू जस्ता ठूला फिल्म बनाइसकेका राजकुममार हिरानीको साथमा शाहरुख खानको यो पहिलो फिल्म हो । फिल्म निकै इमोशनल भएको टे«लरमा देख्न सकिन्छ ।सफल निर्देशक र अभिनेताको जोडी कत्तिको जम्छ त्यो भने हेर्न बाँकी नै छ । एड्भान्स बूकिङमा भने यो फिल्मले राम्रो रेस्पोन्स पाइरहेको छ ।
फिल्म मेकरहरुले शनिबार फिल्मको एड्भान्स बूकिङको आधिकारिक घोषणा गरेका थिए । भारतीय सञ्चार माध्यमहरुमा छापिएका खबरअनुसार नेशनल मल्टीप्लेक्स चेनमा फिल्मको ६६ हजार वटा टिकट बिक्री भइसकेको छ । समग्रमा चाँहि दुई दिनमा फिल्मको डेढ लाखभन्दा धेरै टिकट विक्री भएको सैकनिल्कले बताएको छ । एड्भान्स बूकिङबाट मात्रै फिल्मले ५ करोड भारुभन्दा धेरैको कलेक्शन गरिसकेको छ । एड्भान्स बूकिङको टे«न्ड हेर्दा डंकीले पहिलो दिनमा ३० देखि ३५ करोड भारुबीचको कमाई गर्ने देखिन्छ ।
डंकी यो वर्ष फिल्म हलमा आएको शाहरुखको तेस्रो फिल्म हुनेछ । पठान र जवान दुबैले पहिलो दिनमा ओपनिङको अल टाइम रेकर्ड बनाएका थिए । डंकीको ओपनिङ कलेक्शन पनि तगडा हुने आशा गरिएको छ ।