फिल्मी फण्डा । आगामी २१ र २२ डिसेम्बरमा शाहरुख खानको २०२३ को तेस्रो फिल्म डंकी र प्रभासको बहुप्रतिक्षित फिल्म सालार रिलिज हुँदैछ।
अहिले अग्रिम बुकिङको मामिलामा पनि यी दुई फिल्मबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ ।
बुक माई शोको डिङ्की र सालारको पहिलो २४ घण्टामा बिक्री भएको टिकटको तथ्याङ्क बाहिर आएको छ, जसमा को–को अगाडि छ भन्ने प्रष्ट देख्न सकिन्छ ।
बुक माई शोमा डकी र सालारको अग्रिम बुकिङ टिकटको तथ्यांक सार्वजनिक भएको छ, जसअनुसार सालार शाहरुख खानको डंकीको भन्दा धेरै अगाडि गएको छ ।
तथ्याङ्क अनुसार बुक माई शोमा २४ घण्टामा सालारको ३७.७६ हजार टिकट बिक्री भइसकेको छ भने उही समयमा शाहरुखको डङ्कीको २८ लाख ५३ हजार मात्रै टिकट बिक्री भइसकेको छ । यद्यपि, यो संख्या एउटा प्लेटफर्मको लागि मात्र हो।