बाबुछोरीको प्रेम बोल्ने फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा ।  फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा बाबुछोरीको प्रेममा फिल्म केन्दित  रहेको बुझिन्छ ।

सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण रहेको फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरे लगायतको अभिनय छ ।

फिल्मको आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता हुन् । अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा रहेको फिल्ममा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ ।

फिल्म आगामी २७ गतेबाट नेपाल र अष्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech