दोस्रोपटक पनि  ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल

फिल्मी फण्डा । नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् ।

पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए ।

मेनुकाले आफैंले हार्मोनियम बजाएर गीत गाइन् । नयाँ पुस्तालाई भजनजस्तो शास्त्रीय संगीतसँग जोड्न यो एपिसोड समर्पित गरिएको जज तथा गायिका श्रेया घोषालले बताएकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech