फिल्मी फण्डा । जेफोरके इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने नयाँ वेब सिरिज ‘कालमान्डू’को शुभमुहुर्त गरिएको छ। शयनम अधिकारीको निर्देशनमा बन्ने सिरिज ‘कालमान्डू’ को शुक्रवार साँझ भद्रकाली मन्दिरमा मुहुर्त गरिएको हो। कमल थिङ सिरिजका निर्माता हुन्।
पवन सुस्लिङ्गको छायाँकन र सम्पादन रहने सिरिजमा संगीत सम्राट न्यौपानेको रहनेछ। ‘कालमान्डू’मा मिस्टर काजीको द्वन्द निर्देशन रहनेछ। सिरिजमा कृष गुरुङ,आलिसा बास्तोला,रोशनी कार्की,अन्जन थापा,माही अधिकारी,सुगत काररंजित,राकेश कलागाईको मुख्य अभिनय रहनेछ।