फिल्मी फण्डा । प्रभास स्टारर एक्सन ड्रामा फिल्म सलार र शाहरुख खान स्टारर ‘डंकी’ फिल्म भिडन्त गर्दे छन । यी दुई फिल्म भिडन्त हुनुको कारण भने ज्योतिष माथिको विश्वास हो । ज्योतिषले दुवै फिल्मको साइत एकैदिन जुराएका हुन ।
जसबारे सालारका निर्माता होम्बल फिल्म्सले प्रभास स्टारर फिल्मको रिलिज मितिबारे आफ्नो धारणा व्यक्त गरेको छ ।
सालारका निर्माताहरूले ज्योतिषीय कारणले गर्दा प्रभास स्टारर फिल्म रिलिजको मिति २२ डिसेम्बर रोजेको बताएका छन् ।
सालार निर्माताले अन्तर्वार्तामा भने– ‘हामीले हाम्रो मान्यता अनुसार मिति घोषणा गरेका छौं, त्यसैले हो, हामी यसमा विश्वास गर्छौं । हामीले विगत १०–१२ वर्षदेखि यसरी नै हाम्रा मितिहरू योजना गर्दै आएका छौं र भविष्यमा पनि गर्नेछौं । त्यसैगरी, हामीले २२ डिसेम्बरको मिति पनि घोषणा गर्यौं र त्यसैले हामीले डंकी र एक्वाम्यान आउँदा डिसेम्बर २२ भन्दा एक दिन अगाडि पनि तयारी गरेका छैनौं ।’