सुरज सुनुवारको निर्देशन रहने चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा

फिल्मी फण्डा। चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ।  बंगलामुखी मन्दिर पुगेर चलचित्रको औपचारिक घोषणा गरिएको हो ।  चलचित्रको लेखन निर्देशन   सुरज सुनुवारको रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा चलचित्र बन्ने छ । 

नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जानेछ। चलचित्रको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौँमा हुनेछ।

चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको नाम भने निर्माण टिमले गोप्य नै राखेको छ।  चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech