नीर शाहले कुमार नगरकोटीको कथामा फिल्म बनाउने 

फिल्मी फण्डा । साहित्यकार कुमार नगरकोटीले लेखेको एक कथामा नीर शाहले फिल्म निर्माण गर्ने भएका छन। नीर शाह फिल्म्सको ब्यानरमा यो फिल्मको छायांकन चैत वा वैशाखदेखि सुरु हुने छ ।

 केही समयअघि एक औपचारिक कार्यक्रममा शाहले कुमार नगरकोटीको कथामा फिल्म बनाउने आफ्नो जीवनको ठूलो इच्छा रहेको बताएका थिए ।

नगरकोटीले पनि आफूले लेखेको कथामा शाहले फिल्म बनाउने इच्छा गरेकाले आफूले कथा लेखेको बताएका छन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech