फिल्मी फण्डा । अजय देवगन अभिनीत फिल्म ‘सिंघम’मा समेत अभिनय गरेका मराठी अभिनेता रविन्द्र बेर्डेको निधन भएको छ । ७८ वर्षीय रविन्द्रको हृदयघातको कारण निधन भएको हो ।
उनी पछिल्लो समय क्यान्सर रोगसँग लडिरहेका थिए ।
घाटीको क्यान्सर भएका उनको धेरै समय मुम्बईको टाटा अस्पतालमा उपचार भएको थियो ।
महाराष्ट्र टाइम्सको रिपोर्ट अनुसार उनको स्वास्थ्यमा सुधार भएको कारण दुई दिन पहिले अस्पतालबाट डिस्चार्ज गरिएको थियो । बुधवार बिहान आफ्नो घरमा उनको निधन भयो ।
बेर्डेले १९६५ थिएटरबाट आफ्नो करियरको शुरुआत गरेका थिए । मराठी फिल्म उद्योगबाट अभिनय सुरु गरेका उनी त्यहाँका चर्चित अभिनेता थिए । उनले ३०० बढी फिल्म अभिनय गरेका छन् ।