फिल्मी फण्डा । पछिल्लो समयको चर्चित गायिका मेनुका पौडेलको स्वरमा समावेश ‘सलार’ फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । केही दिन अगाडि मात्र मेनुकाले यो गीत रेकर्ड गरेकी थिइन् ।
‘सुरज हुँ’ बोलको गीत आज युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा रवी बस्रुरको संगीत, रिया मुखर्जीको शब्द छ ।
फिल्मको निर्माणपक्षले यो गीतको लिरिकल अडियो सार्वजनिक गरेको हो । प्रशान्त निल निर्देशित यो फिल्ममा प्रभाषको मुख्य भूमिका छ ।
‘इन्डियन आइडल १४’ मा सहभागी भएपछि मेनुकाको चर्चा भारतमा पनि खुबै चुलिएको छ । उनले, हिन्दी फिल्म ‘सलार’बाट पाश्र्व गायनमा डेब्यू गरेकी हुन् । यो फिल्म डिसेम्बर २२ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ ।