फिल्मी फण्डा । अशोक थापाले निर्देशन गर्न लागेको अनटाइटल प्रोजेक्टमा धिरज मगर अनुबन्धित भएका छन् ।
यो फिल्मको छायांकन जनवरीको दोस्रो साताबाट सुरु हुन लागेको वुझिएको छ । यो फिल्ममा धिरजको जोडीको रुपमा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको छ । धिरज र उपासनाले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।
उपासनाले अभिनय गरेको फिल्म ‘हातीछाप’ माघको २६ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा पनि उपासना व्यस्त हुँदैछिन् ।
धिरज र उपासनाको जोडी पहिलो पटक पर्दामा देखिन लाग्दै गर्दा उनीहरूका फ्यान उत्साहित छन् ।