फिल्मी फण्डा । फिल्म ‘कङ्गारु’को कलाकारको रुपमा केही दिन अघि केदार घिमिरे ‘माग्ने बुढा’ले अनुबन्धित भएका थिए । त्यसैको केहि दिनपछि फिल्मको अर्को प्रमुख पात्रको रुपमा अर्पण थापा पनि फिल्ममा अनुबन्धित भएका छन ।
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेका फिल्ममा राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुति रहेको छ ।
यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।
फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् । फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।