फिल्मी फण्डा– यतिबेला निर्देशक सुदर्शन थापा र नायक प्रदीप खड्काबीच सहकार्य हुन लागेको चर्चा फिल्मी क्षेत्रमा चलिरहेको छ । पहिला फिल्म ‘प्रेमगीत’मा सँगै काम गरेका उनीहरु बीचको सम्बन्धमा चिसोपना आएको थियो । यससँगै उनीहरुले अलग अलग टिम बनाएर काम गरेका थिए ।
केही बर्षपछि फेरि प्रदीप र सुदर्शनले सहकार्य गर्ने भएका छन् । निर्देशक सुदर्शन थापाले तयारी गरिरहेको दुई वटा फिल्म मध्य एउटा फिल्ममा प्रदीप देखिने भएका छन । उनले, फिल्म ‘रावायण’ खेल्छन वा अर्को त्यो भने निश्चित भैसकेको छैन ।
तर प्रदीपसँग काम गर्ने विषयमा सुदर्शनको सहमति भइसकेको छ ।