प्रभास अभिनित फिल्म ‘सलार’को गितमा मेनुका पौडेलको आवाज

फिल्मी फण्डा। ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् ।

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो ।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् । उनले भनेकी छन् मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु ।’

उनले यो क्षणलाई आफ्नो ‘टर्निङ प्वाइन्ट’ भएको बताएकी छन् ।

मेनुकाले इण्डियन आइडलको स्टेजमा यो जानकारी गराएपछि खुशि र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए । साथै, उक्त एपिसोडमा इण्डियन आइडलले मेनुकाले सालारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि देखाएको छ ।

जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजीएफ निर्माता कम्पनीको नयाँ फिल्म सालार ठूलो प्रोजेक्ट रहेको र यसमा गाउन पाउनु खुशिको कुरा भएको बताएकी छन् । उनले संगीतकार बसरु अब्बल संगीतकार भएको पनि बताएकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech