शृङ्खला खतिवडाले प्रेमी सम्भव सिरोहियासँग दिइन् ‘ब्याचलरेट’ पार्टी

फिल्मी फण्डा। पूर्वमिस नेपाल शृङ्खला खतिवडा प्रेमी सम्भव सिरोहियासँग बिहीबार विवाह बन्धनमा बाँधिने तयारीमा छिन् । उनको विवाहको तयारी धमाधम भइरहेको छ ।


यस्तै उनले शनिबार बेलुका ‘ब्याचलरेट’ पार्टी दिएकी छन् ।  घरमै आयोजना गरिएको पार्टीमा मनोरञ्जन, राजनीति र अन्य क्षेत्रका सीमित व्यक्तिको उपस्थिति थियो । पार्टीको तस्बिर अभिनेता सुरजसिंह ठकुरीले सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

शृङ्खला सेतोगुलाबी रङ मिश्रित लेहेंगामा सजिएकी थिइन् भने सम्भव कालो लङ्कोटमा देखिएका छन् ।


उक्त अवसरमा ब्याचलरेट केक समेत काटिएको थियो । केही दिनअघि शृङ्खलाले पूर्वमिस नेपालहरुसँग नगरकोटको एक रिसोर्टमा ब्याचलरेट पार्टी गरेकी थिइन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech