फिल्मी फण्डा । नायक प्रदीप खड्काले ‘पुजार सार्की र ऐरी’पछि नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ ।
उनले, काम गर्न लागेको नयाँ फिल्मको नाम ‘एक्टर’ राखिएको छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मलाई थमन कुमार भण्डारीले निर्माण गर्ने भएका छन् । फिल्मका निर्देशक राजन भुसाल हुन् ।
यो फिल्मको विषयमा अरु केही पनि बताइएको छैन । तर, फिल्मको फस्टलुक हेर्दा यसले केही न केही नयाँ कथा भन्ने विश्वास गर्न सकिन्छ । यो फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने बताइएको छ ।