पहिलो सन्तानलाई जन्म दिन  अमेरिका पुगिन रेखा थापा

फिल्मी फण्डा– नायिका रेखा थापाले आफ्नो पहिलो सन्तानलाई अमेरिकामा जन्म दिन उनी अमेरिका पुगेकी छिन् ।  उनी केही दिन अगाडि मात्र अमेरिका पुगेकी हुन । 

रेखाले सामाजिक संजालमा अमेरिकामा पुगेर आफ्ना श्रीमान्को जन्मदिन मनाउँदै गरेको तस्विर र भिडियो पोष्ट गरेकी छिन् । 
रेखालाई डाक्टरले माघ महिनाको डेट दिएका छन् । 

रेखाले निर्माण गरेको फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको डबिङको काम रेखाले सकिसकेकी छिन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech