फिल्मी फण्डा– लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’लाई चलचित्र सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ ।
आज फिल्मको सेन्सर भएपछि सबैले हेर्न मिल्ने गरी यसलाई प्रमाणपत्र दिइएको निर्देशक सुवेदीले फेसबुक मार्फत बताएका छन। उनका अनुसार, सेन्सरबाट फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
यो फिल्मको मङसिर २५ गते धरानमा विशेष शोको समेत आयोजना हुँदैछ । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको आयोजनामा फिल्मको विशेष शो आयोजना हुन लागेको हो । यस्तै, मङसिरको २६ गते फिल्मको विशेष शो विर्तामोडमा हुँदैछ ।
यो फिल्मको फस्टलुक सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो । नायिका मलिका महतको नयाँ अवतारलाई दर्शकले रुचाएका छन् ।