महेश र सृष्टिको मुख्य भूमिकामा फिल्म ‘११ः५५’ निर्माण हुने

फिल्मी फण्डा । फिल्म ‘११ः५५’ घोषणा भएको छ । बिहीबार एक कार्यक्रमकाबिच घोषणा भएको फिल्ममा केशव पाण्डेको कथा र निर्देशन रहनेछ । 

महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतको अभिनय रहने फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन छ । क्राइम, थ्रिलर विधामा फिल्म निर्माण हुने लागेको हो ।

विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता रहेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech