फिल्म ‘११ः५५’ को शीर्ष भूमिकामा सृष्टि र महेशसँगै करिश्मा, बुद्धि र एमएस अग्रज अनुबन्धित

फिल्मी फण्डा । फिल्म ‘११ः५५’ को शीर्ष भूमिकामा सृष्टि र महेशसँगै करिश्मा, बुद्धि र एमएस अग्रज अनुबन्धित भएका छन् । केशव पाण्डेको डेब्यु निर्देशन रहने फिल्मको छायांकन आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।  

लामो समयदेखि अष्ट्रेलियामा बसेर छोटा फिल्म निर्देशन गर्दै आएका पाण्डेले क्राइम थ्रिलर फिल्म बनाउन लागेका हुन् ।

एमएस अग्रजसहित शेखर ज्ञवाली र निर्देशक पाण्डेको पटकथा लेखन रहने यो फिल्मको घोषणा चाहिं बिहीबार काठमाडौंमा गर्ने तयारी छ । श्याम शर्मा र सरोजा शर्मा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अग्रज छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech