तारादेवी र गणेश रसिकलाई स्वरसम्राट नारायण गोपालको ३३औँ  स्मृति सम्मान 

फिल्मी फण्डा । स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

मंगलबार काठमाडौंमा पनि एक कार्यक्रमबीच नारायण गोपालको ३३ औँ स्मृति दिवस मनाइएको हो ।

सम्मान स्वरुप उनीहरुलाई कदरपत्रसहित नगद जनही ५१ हजार रुपैयाँले सम्मान गरिएको हो ।

स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको छ ।

विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । स्मृति सभामा विभिन्न कलाकारहरुले नारायण गोपालका कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech