१५औँ संस्करणको डि–सिने अवार्ड सुरु

फिल्मी फण्डा। १५औँ संस्करणको डि–सिने अवार्ड सुरु भएको छ । आयोजक छायाँछवि क्रियसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुल्ला भएको जनाएको हो ।


‘हाम्रै कला, हाम्रै संस्कृति, हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने नारासहित विगत १५ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्ड नेपालमा हुने अवार्ड मध्य पुरानो र फरक रहेको आयोजकको दाबी छ । 

अवार्डको यो संस्करणमा २०७९ सालमा रिलिज भएका फिल्महरुले मात्र सहभागी जनाउन सक्नेछन् । आगामी १५ पुससम्म आवेदनको लागि समय तोकिएको छ । 


अवार्ड आगामी माघमा आयोजना हुने आयोजना हुनेछ । विभिन्न सांगीतिक तामझापका साथ आयोजना हुने अवार्डमा फिल्मकर्मी तथा रंगपत्रकार समेत सम्मानित हुनेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech