फिल्मी फण्डा । महिनामा सयौँ म्युजिक भिडियो बन्छन् र सार्वजनिक हुन्छन् । तर केही म्युजिक भिडियो यस्तो बन्छ, जसले मन छुन्छ । जसले आँखा सित्तल पार्छ । जसले आँखाको आँशुलाई गालातिर डोहोराउछ । त्यस्तो म्युजिक भिडियो कमै बन्छ । यी कमै मध्येको एक हो 'भेट्न आउनु' ।
एसडी योगिले श्वर र संगित भरेको 'भेट्न आउनु' आज भन्दा ९ दिन अगाडी सार्वजनिक भएको हो । अनिल कृष्ण मानन्धरको कथा, छायांकन र निर्देशन उत्कृष्ट छ । सागर थापा 'ध्रुब' को शब्दले ज्यान सिरिंग हुन्छ ।
अपर मुस्ताङको सुन्दर दृश्यहरुसहितको भोडियोमा दिव्यानी ओलि र शब्द रचनाकार ध्रुबले भिनय गरेका छन् । उनिहरुको अभिनय पनि कथाले मागे अनुसारकै छ । मनोज कार्कीको सम्पादन र कलर पनि भिडोयोमा सुहाउदो छ ।
सबै पक्ष अब्बल भएको यो म्युजिक भोडियो दर्शक र श्रोताकोलागी फेबरेट हुन सक्छ ।