एक वर्षदेखिको प्रेम सम्बन्धलाई फिल्म निर्देशक निकेश र प्रेमिका अन्विशाले गरे विवाहमा परिणत 

फिल्मी फण्डा–  फिल्म निर्देशक निकेश खड्का वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मंगलबार काठमाडौँ बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् । 

विवाह समारोहमा दुबैतर्फका आफन्त र सीमित साथीभाइको सहभागिता रहेको थियो । उनीहरूले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

रातोपुल घर भएकी अन्विशा विद्यार्थी हुन्, उनी फिल्म अध्ययन गरिरहेकी छन् । निकेश सितापाईला निवासी हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका निकेशले ‘जिन्दगी रक्सझ, ‘फाटेको जुत्ता’, ‘चपलीहाइट ३’ फिल्म निर्देशन गरेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech